कस्केली सांसद विद्या बनिन् शिक्षामन्त्री
शिक्षामन्त्री बनेकी भट्टराई राजनीतिमा आउनुअघि शिक्षण पेशामा आबद्ध थिइन् ।
काठमाडाैं | असार ३१, २०८१
पोखरा: दुईपटकसम्म प्रत्यक्ष निर्वाचित भएकी कस्केली सांसद विद्या भट्टराई शिक्षामन्त्रीमा नियुत्त भएकी छिन् ।
कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट २०७९ सालमा निर्वाचित भट्टराई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुत्त हुँदै सपद लिए ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ खुवाए ।
शिक्षामन्त्री बनेकी भट्टराई एमालेका स्वर्गीय नेता रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । सँस्कृति तथा पर्यटन तथा नागरिक उड्ययनमन्त्री समेत रहेका अधिकारीको हेलिकोप्टर दुर्घटना हुँदा निधन भएको थियो ।
त्यसपछि रिक्त रहेको कास्की निर्वाचन २ बाट विद्या भट्टराई प्रतिनिधि सभा सदस्यमा लगातार दुई पटक निर्वाचित भएकी छिन् ।
अहिले शिक्षामन्त्री बनेकी भट्टराई राजनीतिमा आउनुअघि शिक्षण पेशामा आबद्ध थिइन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

